आर्थिक संकटमा परेका क्षेत्रहरुलाई राहत प्याकेजको व्यवस्था गर्न कांग्रेसको माग {भिडियो}


३१ असार २०७७, बुधबार
congress press meet.251 01.Still002

 काठमाडाैं, ३१ असार । नेपाली कांग्रेसको कोभिड—१९ अनुगमन समितिले आर्थिक संकटमा परेका क्षेत्रहरुलाई सहज रुपमा अघि बढाउन राहत प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  

पार्टी कार्यालय सानेपामा बुधबार पत्रबार स्म्मेलन गर्दै समितिका संयोजक डा प्रकाशशरण महत्तले कृषि, यातायात, पर्यटन, निर्माण, उद्योग, व्यापार व्यवसाय लगायतका साना तथा मझौला व्यवसायलाई सुचारु गरी रोजगारीका अवसरहरु कायम गर्न राहत प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकाे हो ।

विदेशबाट वेरोजगार भई फर्केका र देशभित्रै वेरोजगार भएकाहरुलाई गाउँ–गाउँमा रोजगारी सुनिश्चित गर्न न्यूनतम आम्दानीका लागि काम दिने व्यवस्था तत्काल गर्नुपर्ने समितिको माग छ ।

त्यस्तै राष्ट्र बैंकले तत्काल मौद्रिक नीति सार्वजनिक गरी व्याजदर लगायत अन्य मौद्रिक उपायहरु प्रयोग गरी आहत भएका विभिन्न क्षेत्रका उद्योग व्यवसायहरुलाई बैंकहरु मार्फत व्याजमा राहत, सावाँ व्याजको भुक्तानीमा थप समयको व्यवस्था लगायतको उपायहरु अवलम्वन गर्ने व्यवस्था मिलाउनुपर्ने समितिको माग छ भने भौतिक दुरी कायम गरी सार्वजनिक यातायातलाई संचालन गर्न यातायात व्यवसायीहरुसँगको छलफलको आधारमा आवश्यक सुरक्षा सामाग्री, मास्क र राहतको व्यवस्था गर्नुपर्नेमा समितिले जोड दिइएको संयोजक महत्तले बताए। 

उहाले स्थानीय निकायहरुको क्षेत्राधिकार मिच्दै कानून विपरीत सिधै कार्यकर्ता केन्द्रीत उपभोक्ता समिति मार्फत जथाभावी केन्द्र र प्रदेश सरकारले बाड्ने गरेको बजेट बन्द गर्नुपर्ने बताए ।  समितिले कोरोना नियन्त्रणका लागि भएका सरकारी पहलहरु अप्रयाप्त रहेको पनि जनाएको छ ।

त्यस्तै यतिबेला बाढी, पहिरो र डुबानका कारण सम्पूर्ण देशभरी ठूलो जनधनको क्षति भएको भन्दै राहत, उद्धार र उपचार कार्यमा सरकार गम्भीर बनोस्, यस विषयमा समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७