दुर्घटनामा परी उपप्रधानमन्त्री तेमिरको निधन


२२ आश्विन २०७४, आईतवार
kyrgyzstan किर्गिस्तान

विसकेक : किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा परी शनिबार निधन भएको छ।  एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ।

kyrgyzstan किर्गिस्तान

स्थानीय समयानुसार शनिबार विहान करिब ७.३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको समाचारमा जनाइएको छ।  उपप्रधानमन्त्री झुमाकादिरोभ र उनको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिररहेका थिए। उनीहरू दुबै जनाको भने दुर्घटना स्थलमा मृत्यु भएको बताइएको छ।

गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो। उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षको थिए । उनी गत अगस्तमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७