इलाममा एकै दिन १७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण


१७ श्रावण २०७७, शनिबार
korona 1

इलाम, १७ साउन । इलाममा आज (शनिबार) एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिएका छन् ।

योसँगै इलाममा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या २७ पुगेको छ । यस्तै इलाममा कूल संक्रमितको संख्या ५७ पुगेको छ । बाँकी ४० सशस्त्रको स्वाब संकलनको तयारी भइरहेको र पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङ गोठगाउँको कोरोना अस्पताल लैजान लागिएको एसपी थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७