सरकारकाे निर्णयविरुद्ध भूतपूर्व गोरखा सैनिकहरु एकजुट


१७ श्रावण २०७७, शनिबार
ex gurkha army 2

काठमाडौं, १७ साउन । विदेशी सरकारबाट पेन्सन पाइरहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता नदिने सरकारको निर्णयपछि भूतपूर्व गोरखा सैनिकहरु एकजुट बनेका छन् । नेपाल सरकारको उक्त निर्णयविरुद्ध ब्रिटिस, भारतीय र सिंगापुर प्रहरी गोरखा सैनिक एकजुट भएका हुन् ।


सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको भूतपूर्व गोरखा सैनिक संघ (गेसो)को सभापति कृष्ण कुमार राईको संयोजकत्वमा ११ सदस्यीय ‘गोरखा भूतपूर्व सैनिक संघर्ष समिति’ गठन भएको छ , समितिको सह–संयोजकद्वयमा भेषशंकर पुरी र नौराज राई रहेका छन । पुरी भारतीय गोरखा सैनिक हुन भने राई सिंगापुर प्रहरीबाट सेवानिवृत्त गोरखा हुन् ।


यसैगरी समितिको सदस्य सचिवमा बेलायती सेनाबाट अवकास पाएका गेसोका उपसभापति जीतबहादुर राई छन् । भने कोषाध्यक्षमा भारतीय सेनाबाट निवृत्त क्याप्टेन जीवनकुमार श्रेष्ठ रहेका छन् ।


यस्तै बालकृष्ण घर्तीमगर (भारतीय सेना), कुमार मान श्रेष्ठ (भारतीय सेना), मणिकिरात बान्तवा (ब्रिटिश सेना) र सहरमान तामाङ (ब्रिटिश सेना) रहेका छन् । भने बाँकी दुई सदस्य सिंगापुर प्रहरीबाट पूर्ति गरिने बताइएको छ ।


सामाजिक सुरक्षा भत्ता कटौती गरि विदेशी सेनामाथि विभेद गरेको भन्दै बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसको तर्फबाट साउन ५ गते संयुक्त रुपमा सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

गेसोको उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरि १५ दिनभित्र लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश दिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७