मोरङमा ४६ सहित प्रदेश–१ मा ५७ जना संक्रमित


१९ श्रावण २०७७, सोमबार
koshi hospita

मोरङ, १९ साउन । प्रदेश नं १ मा आज ५७ जनामा सङ्क्रमण देखापरेको छ । प्रदेश नं १ मा आज गरिएको ९५१ जनाको पिसिआर परीक्षणमध्ये १८ महिलासहित ५७ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए ।

सङ्क्रमित देखिएकामध्ये मोरङमा ४६, झापामा छ र सुनसरीमा पाँच जना रहेका छन् । मोरङको विराटनगरका छ महिलासहित २२, रङ्गेलीका नौ महिलासहित २२, कटहरीका दुई महिला, झापाको अर्जुनधाराका पाँच, विर्तामोडका एक महिला, सुनसरीको इटहरीका तीन, धरान र इनरुवामा एक–एकजनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा. मेहताले जानकारी दिए ।

प्रदेशमा सङ्क्रमितको संख्या एक हजार १२८ पुगेको छ । प्रदेशबाट आज आठ जना सङ्क्रमित निको भई घर फर्केका छन् । यसरी घर फर्कनेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन महिलासहित आठजना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको संख्या ८२९ पुगेको छ । प्रदेशमा हालसम्म ४५ हजार ७७१ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७