६० वर्ष माथिका र १२ वर्ष मुनिकालाई घर बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको विशेष आग्रह {भिडियाे}


१९ श्रावण २०७७, सोमबार
korona gautam1

काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ बर्ष मुनिका बालबालिका र ६० बर्ष माथिका बृद्धबृद्धालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । मन्त्रालयको नियमित प्रेस बिफ्रीङमा मन्त्रालयको प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना भाइरसको जोखिम बढेको भन्दै यस्तो आग्रह गरेका हुन् । उनले शनिबारको प्रेस ब्रिफिङमा पहिलो पल्ट यस्तो आग्रह गरेका थिए ।

उनले भने, ‘कोरोना भाइरसको जोखिम बढ्दै गएकोले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरु घरबाट बाहिर ननिस्कनु । ’ केहि दिन अगाडी कम हुँदै गएको कोरोना संक्रमणको सख्या फेरी बढ्दै आएको छ ।

२४ घन्टामा निको भई घर फर्कनेको सख्या १ सय ११ जना रहेको छ । आजसम्म कोरोना संक्रमणबाट निको भई घर फर्कनेको सख्या १४ हजार ६ सय ३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५८ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १४ हजार नौ सय ६१ पुगेको छ । अहिले पाँच हजार सात सय ३२ जना आइसोलेसनमा रहेका छन् । १० हजार चार सय ५२ जना क्वरेण्टीनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा थपिए ५१ जना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका ५१ जनामासहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या पुग्यो ६८५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंका ४३ जना, ललितपुरका ३ जना र भक्तपुरका ५ जनामा संक्रमण देखिएको छ ।

भेटिएका संक्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, सैनिक अस्पताल महाराजगञ्ज र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन् । योसँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा ४९३ जना, ललितपुरमा १०८ जना र भक्तपुरमा ६४ जना कोरोना संक्रमित पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७