अब नियतबस् अरु खेलाडीको अगाडि खोके रातो कार्ड


२० श्रावण २०७७, मंगलवार
red card lrZngB8WYs

काठमाडौं, २० साउन । अब नियतबस् अरु खेलाडी वा खेल पदाधिकारीका अगाडि खोक्ने खेलाडीलाई पनि अब रातो कार्ड दिन सक्ने निर्णय भएको छ ।

अन्तर्राष्ट्रिय फुटबल एशोसिएसन बोर्ड (आइफाब) ले नियतबस् अरु खेलाडी वा खेल पदाधिकारी तिर खोक्ने खेलाडीलाई पनि अब रातो कार्ड दिन सक्ने निर्णय गरेको हो ।

फुटबलका नियम निर्माता तथा फुटबल एशोसिएसनले, सोचविचार गरेर वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारीतर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेका बीबीसीले जनाएको छ ।

त्यसरी खोक्नुलाई अपमानजनक, अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने छ । रेफ्रीले अवस्थाको विश्लेषण गरी निर्णय गर्न पाउने अधिकार दिइएको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीपछि ल्याइएको यो नियम तत्काल लागू भएको बेलायतको फुटबल एशोसिएसनले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७