गण्डकी प्रदेशमा थप २४ जनामा संक्रमण, २२ जना घर बाहिरै ननिस्केका


२४ श्रावण २०७७, शनिबार
pokhara academy of health science

पोखरा, २४ साउन । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २२ जना घर बाहिर ननिस्केकाहरु रहेको जनाइएको छ । घर बाहिर ननिस्केकाहरु नै संक्रमित भएको पाइएपछि समुदायमा संक्रमण फैलिएको निष्कर्ष निकालिएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो २४ घण्टामा गरेको परीक्षणबाट संक्रमण पुष्टि भएका २४ जनामध्ये २२ जना कुनै ट्राभल हिस्ट्री नभएको पाइएपछि संक्रमण समुदायमा फैलिएको प्रमाणित भएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा १३ जना संक्रमित थपिएका छन् । उनीहरु सबै बागलुङ नगरपालिका–३ का पुरुष हुन् ।

स्याङ्जामा ७ जना संक्रमित थपिए । पुतलीबजारका ६ र कालीगण्डकीका एक जना छन् । कास्कीको पोखराका ३ र म्याग्दीका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १६११ पुगेको छ । उनीहरुमध्ये एक हजार ४४३ जना निको भइसके ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७