२०७७ साउन २९ गते बिहीबारको तपाईको राशिफल


२९ श्रावण २०७७, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ नयाँ कार्यको अवसर मिल्ने छ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस होला । चोटपटकको भय पनि रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । शत्रु पक्ष हावी हुन सक्ने छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज सरुवा र बढुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्ने छ । रोकिएको धन हातलागी हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ । मन प्रसन्न रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । दाइभाइ वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज पारिवारिक सद्भाव बढ्ने छ । भौतिक सुख मिल्ने छ । आफन्तको साथ र सहयोग मिल्ने छ । सहयोगी हातहरू अघि बढ्ने छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज भाग्यमय वृद्धि हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ व्यापार र व्यवसाय पनि फस्टाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अकस्मात सफलता पाइन सकिन्छ तर, अपमानको सम्भावना पनि रहने छ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र राम्रै रहला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७