जुगल पहिरो : १६ जनाको शव भेटियो, एक जनाको जीवितै उद्धार (मृत्तक र घाइतेको नामसहित)


३१ श्रावण २०७७, शनिबार
Lidi pahiro sindhu 1536x1049 1

सिन्धुपाल्चोक, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा पुरिएर हराइरहेकामध्ये १६ जनाको शव भेटिएको छ । आज (शनिबार) थप पाँच जनाको शव भेटिएसँगै ज्यान मृत्तकको संख्या १६ पुगेको छ । उनीहरु सबैको परिचय खुलेको छ ।

आज जुगल गाउँपालिका–२ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको हो ।

यस्तै हिजो (शुक्रबार) ३६ वर्षकी टीकामाया दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्षकी प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको शव भेटिएको थियो ।

पहिरोकामध्ये आज एक जनाको जीवितै उद्धार गरिएको छ । आज जीवितै उद्धार गरिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भइरहेको छ । ९ वर्षका रुपबहादुर दोङ उपचारपछि घर फर्किएका छन् भने आज भेटिएका दावा ग्याल्बो दोङसहित पाँच जनाको चौतारा र काठमाडौंमा उपचार भइरहेको छ ।

पहिरोमा बेपत्ताको आज बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीद्वारा खोजी भइरहेको बताइएको छ । मृतक ११ जनाको आज सामुहिक रुपमा दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । पहिरोमा ३८ जना बेपत्ता भएका थिए । बाँकी अन्यको खोजी जारी रहेको बताइएको छ ।

lidi horNg6mhsr

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७