इन्टर मिलान युरोपा लिगको फाइनलमा


२ भाद्र २०७७, मंगलवार
inter 6rMIAK4DWF

काठमाडौं, २ भदौं । इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।
गए राति भएको खेलमा सख्तर डोनेस्कलाई ५ शून्य गोल अन्तरले हराउँदै इन्टर मिलान फाइनलमा प्रवेश गरेको हो ।

जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुई–दुई गोल गरे । एक गोल डानिलोले गरे ।

खेलको १९ औं मिनेटमा निकोलो बारेलाको पासमा मार्टिनेज प्रहार गरेको पहिलो प्रहारलाई साख्तरका गोलकिपरले बचाएका थिए ।

तर त्यसपछि पनि मार्टिनेजले दोस्रो प्रयासमा गोल गरे । इन्टर मिलान नौ वर्षपछि युरोपा लिगको उपाधि उचाल्ने योजनामा रहेको छ । अब उसले उपाधिका लागि स्पेनिस क्लब सेभिल्लासँग शुक्रबार खेल्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७