निषेधाज्ञा काठमाडौंकाे ११ औं दिन : सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्धित {भिडियाे}


१४ भाद्र २०७७, आईतवार
kathmandu nisdeaagaya day 11.00 00 06 00.Still001

काठमाडाैं, १४ भदाै । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आइतबार पनि जारी छ ।

कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञाका क्रममा बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा पूर्णरुपमा बन्देज गरिएको छ ।

त्यस्तै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । सवारी साधनको सञ्चालन रोकिएको छ भने सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ ।

बिहानको केही घण्टा भने अत्यावश्यक दैनिक उपभोग्य सामानको बिक्री तथा खरिदका लागि खुला गरिएको छ । निषेधाज्ञाको उलंघन गर्नेको संख्या बढेपछि प्रहरीले उलंघन गर्ने मोटरसाईकल र चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिने गरेको छ ।

निषेधाज्ञाको समय बढ्दै जाँदा यसको उलंघन गर्नेको संख्या पनि बढ्दै गएको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ ।

उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि उपत्यकाका तीनवटै काठमाडौं भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले भाद्र १७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७