निषेधाज्ञा उपत्यकाको १२ औं दिन: हिँडडुल प्रतिबन्धित {भिडियो}


१५ भाद्र २०७७, सोमबार
kathmandu sadak.00 00 00 00.Still001

काठमाडौं, १५ भदौ । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा आइतबार पनि जारी छ । कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञाका क्रममा बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा पूर्णरुपमा बन्देज गरिएको छ ।

त्यस्तै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । सवारी साधनको सञ्चालन रोकिएको छ भने सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ ।

बिहानको केही घण्टा भने अत्यावश्यक दैनिक उपभोग्य सामानको बिक्री तथा खरिदका लागि खुला गरिएको छ । निषेधाज्ञाको उलंघन गर्नेको संख्या बढेपछि प्रहरीले उलंघन गर्ने मोटरसाईकल र चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिने गरेको छ ।

निषेधाज्ञाको समय बढ्दै जाँदा यसको उलंघन गर्नेको संख्या पनि बढ्दै गएको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ ।

उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि उपत्यकाका तीनवटै काठमाडौं भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले भाद्र १७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

२९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौंका १९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । हिजो काठमाडौंका ३७२ जना, भक्तपुरका ४५ जना र ललितपुरका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

२४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३०३ जना महिला र ५९६ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको बताएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३०३ जना महिला र ५९६ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७