कुलमानको समर्थनमा माइतीघरमा प्रर्दशन, प्रहरीद्वारा पानीकाे फाेहरा (भिडियो)


३१ भाद्र २०७७, बुधबार
kulman ghising suporter

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नु पर्ने मागसहित काठमाडौंको माइतिघरमा प्रदर्शन भएको छ ।
आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रर्दशनमा उत्रिएकाहरु माथि प्रहरीले हस्तक्षेपमा गरेको छ । उनीहरुको प्रर्दशनलाई प्रहरीले तितरवितर पारेको छ । प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ ।

कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी मंगलबार प्राधिकरणबाट बिदा भएका थिए । उनले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षदेखि लगातार प्रधिकरणले नाफा कमाईरहेको छ ।
उनले चालु आर्थिक वर्षमा प्राधिकरणको नाफा ११ अर्ब भन्दा धेरै हुने अनुमान गरिएको जाँदाजाँदै जानकारी दिएका थिए । उनले लोडसेडिङ अन्त्य भई, चुहावट १५.२७ प्रतिशतमा झारेको, ४ वर्ष अघि ३५ प्रतिशत विद्युत भारतबाट आयात हुने गरेकोमा अब अर्को वर्षबाट आत्मनिर्भर हुने अवस्था पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७