आज थपिएका एक ३२५ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


४ आश्विन २०७७, आईतवार
korona 1

काठमाडौं, ४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार १२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । पछिल्लो २४ घण्टामा ९६६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४६ हजार २३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख १४ हजार २९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४०७ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ४५१ जना क्वारेन्टिनमा छन् । देशभर जनाको भेन्टिलेटरमा उपचार भइरहको छ ।

देशभर १९० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । शनिबार देशभर एक हजार २०४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी दुई हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए ।

आज (आइतबार) कुन जिल्लामा कति संक्रमित थपिए ?

आज (आइतबार) प्रदेश–१ को उदयपुरमा १, झापामा ३, तेह्रथुममा १, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ६३ र सुनसरीमा ७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश–२ को धुनषामा २, पर्सामा १४, बारामा १, रौतहटमा २६, सप्तरीमा ५, सर्लाहीमा १० र सिरहामा १८ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६०२ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा २, चितवनमा १५, दोलखामा ४, धादिङमा २१, नुवाकोटमा १, भक्तपुरमा १ सय १, मकवानपुरमा २४, ललितपुरमा ६४, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

यस्तै गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा २, तनहुँमा १, लमजुङमा १८, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश–५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १२, गुल्मीमा ६, दाङमा ३, नलवपरासीमा १२, पाल्पामा १२, प्युठानमा ११, बर्दियामा ६, बाँकेमा ३२, रुपन्देहीमा १ सय १३ र रोल्पामा १ जनामा कोरोना पाइएको छ ।

त्यस्तै कर्णाली प्रदेशको कालिकोटमा १ र सुर्खेतमा २९, सुदूरपश्चिमको अछाममा १०, कैलालीमा १२ र बझाङमा १९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७