काठमाडौंमा चीनविरुद्ध प्रदर्शन {भिडियाे}


७ आश्विन २०७७, बुधबार
Protest aganist Chin

काठमाडौं, ७ असोज । हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवाहरुले काठमाडौँमा चीनविरुद्ध प्रदर्शन गरेका छन् ।

बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुले चीनविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले सीमा अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चिनियाँ साम्राज्यवाद मुर्दावाद, सीमा नाका खुला गर’ लगायतका प्ले कार्ड बोकेका थिए । युवाहरु प्रदर्शनमा उत्रेपछि चिनियाँ दूतावास रहेको क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

हालै चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरी भवन निर्माण गरेको खबर सार्वजनिक भएपछि युवाहरुले विरोध प्रर्दशन गरेका हुन् । तर चीनले भने उक्त क्षेत्र नेपालको नभई चीनकै रहेको दाबी गरेको छ ।

हुम्लाको सीमा क्षेत्रस्थित नेपाली भूमिमा भवन निमार्ण गरेको सार्वजनिक भएपछि चीनले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७