पाल्पाको रम्भा गाउँपालिकामा पहिरो, पाँच जना बेपत्ता


८ आश्विन २०७७, बिहीबार
TA Baleba 20200919 1118542 1
फाइल फोटो

पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको घर गए रातिको पहिरोले पुरिंदा पाँच जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोले घर पुरिंदा मानिस बेपत्ता भएको खबर आएपछि आफूहरु त्यसतर्फ जाँदै गरेको जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । बाँकी क्षतिबारे घटनास्थलमा पुगेपछि मात्रै थाहा हुन्छ ।’

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७