काठमाडौं उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित


१४ आश्विन २०७७, बुधबार
21 Shares

काठमाडौं, १४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९०२ दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ६९७ जना, ललितपुरमा ११२ जना र भक्तपुरमा ९३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पछिल्लो २४ घण्टामा नेपालमा थपिएका हजार ५५९ संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९०२ जना हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

ncll 2

आज (बुधबार) देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

jagdamba.cement

पछिल्लो २४ घण्टामा एक हजार ५७ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४२८ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २०१ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

शनिबार देशभर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर एक हजार ५७३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ८८५ जना डिस्चार्ज भएका थिए । आइतबार नै देशभर १० जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर कोरोना संक्रमित एक हजार ३५१ जना थपिएका छन् भने ७४२ जना डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणबाट देशभर ४ जनाको मृत्यु भएको थियो ।

मंगलबार देशभरबाट एक हजार ५१३ कोरोना भाइरस संक्रमित थपिएका छन् भने ७३१ जना डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७