कोरोनाबाट बुटवलमा थप एकको मृत्यु


१६ आश्विन २०७७, शुक्रबार
butwal hospital

रुपन्देही, १६ असोज । रुपन्देहीको बुटवलमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना-७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा बिहीबार राति ११ः५० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

स्वास्थ्यमा थप समस्या भएपछि असोज १३ गते अस्पताल भर्ना भएका उनलाई २ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७