प्रदेश-५ को राजधानी विवाद : प्रदेश सभामा कांग्रेसले गर्‍यो तोडफोड


१९ आश्विन २०७७, सोमबार
todfod

बुटवल, १९ असोज । प्रदेश-५ को प्रदेश सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले कुर्सी तोडफोड गरेको छ ।

प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्ने क्रममा कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सी तोडफोड गरेका हुन् ।

विरोध र तोडफोडबीच पनि सभामुखले बैठक जारी राखेका छन् । विपक्षी सांसदले नाराबाजी गरिरहेका बेला सत्तारुढ नेकपाका सांसदहरुले राजधानी दाङ सार्ने प्रस्तावबारे आफ्ना धारणा राखिरहेका छन् ।

सभामुख पूणर्बहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।

तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७