तोडफोडपछि प्रदेश-५ को प्रदेश सभा बैठक भोलिसम्मका लागि स्थगित


१९ आश्विन २०७७, सोमबार
pradesh 5 meeting V7Ry4kT76h

बुटवल, १९ असोज । प्रतिपक्षी दल नेपाली कांग्रेसको तोफोडपछि प्रदेश-५ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसलगायत दलका सांसदले प्रदेश सभा बैठकमा विरोध जारी राखेपछि बैठक मङ्गलबार २० गते दिउँसो १२ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेश ५ सरकारले प्रदेश सभामा पेस गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकै बीच सभामुख पूणर्बहादुर घर्तीले छलफलअघि बढाएका थिए ।

१ बजे शुरु भएको बैठकमा सांसदहरुले विरोध जनाएपछि स्थगित भएको थियो । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास भए पनि सहमतिका लागि सांसदहरु तयार नभएपछि दुई घण्टापछि फेरि बैठक बसेको थियो ।

बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी र टेबुल तोडफोड गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरु प्रदेश राजधानी दाङको भालुवाङमा राख्ने पक्षमा रहेका छन् भने नेपाली कांग्रेसलगायत केही दलका सांसदहरु त्यसको विरोधमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७