प्रसुति गृहमा २८ वर्षीया महिलाले जन्माइन् पाँच शिशु


१९ आश्विन २०७७, सोमबार
sisu

काठमाडौं, १९ असोज । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक महिलाले पाँच शिशुलाई जन्म दिएकी छन् ।

सोमबार बिहान नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच वटा शिशुलाई जन्म दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जानकारी दिएका छन् ।

sisu janma 20201005110825

पाँचमध्ये चार जना जीवित रहेको र एक जना भने जन्मनुअघि नै मृत्यु भइसकेको उनले बताए । सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत बिहान मृतसहित पाँच शिशुको जन्म भएको हो । अहिलेसम्म आमाको अवस्था पनि सामान्य नै रहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७