ओली– प्रचण्डको गोप्य स्थानमा गोप्य छलफल


२५ माघ २०७४, बिहीबार
Oli Dahal

काठमाण्डौं, २५ माघ : पार्टी एकताका बारेमा आशंका पैदा हुन थालेपछि बिहीबार नेकपा एमालेका अध्यक्ष केशी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ‘वान टु वान’ वार्तामा बसेका छन् ।Oli Dahal

पार्टी एकता नहुने हो कि भन्ने आशंका उत्पन्न भइरहेका बेला ओली प्रचण्ड वार्ता गोप्य वार्ता भएको हो । वार्ता स्थल पनि गोप्य नै राखिएको छ । राष्ट्रियसभाको चुनाव पनि सकिइसकेकाले सरकार गठनका लागि छिटो प्रक्रिया अघि बढाउन एमाले अध्यक्ष केपी ओली प्रेसरमा रहेको माओवादी नेताहरु बताउँछन् । माओवादीले चाहिँ सरकार गठनसँगै पार्टी एकताको सुनिश्चितता हुनुपर्ने र सँगै त्यसको फ्रेमवर्क बनाइनुपर्ने अडान राखिरहेको छ ।

एमाले अध्यक्ष केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आफैंले राख्ने चाहना गरेपछि माओवादीसँग सहमति हुन नसकिरहेको माओवादी नेताहरुको भनाई सार्वजनिक भइरहेको छ । यस्तो अवस्थामा पार्टी एकताका लागि तत्काल कुरो मिलेन भने माओवादीले सरकार बाहिरै रहेर ओलीलाई समर्थन गर्ने बताएका छन् ।

तर, आज हुने दुई नेताबीचको छलफलले सरकार गठन र पार्टी एकता दुबैमा निकास निकाल्ने अनुमान वाम नेताहरुले गरेका छन् । आज मात्र एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले पार्टी एकता नहुने अवस्था आउन नदिन आफूहरु प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न समेत तयार रहेको र हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७