मोडलिङमा जम्दै सुमन खतिवडा


२५ माघ २०७४, बिहीबार
suman khatiwada

काठमाडौं, २५ माघ : धादिङ्ग जिल्ला फोस्रेटारमा जन्मेका २४ वर्षिय सुमन खतिवडा सांगीतिक बजारमा आफुलाई अब्बल बनाउन लागि परेका छन् । सानै उमेरदेखि गीत, संगीतमा अभिनय गर्न रुचाउने उनी स्कुल देखि नै विभिन्न सांस्कृति कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिने गर्थे ।suman khatiwada
एसएलसी सम्मको अध्ययन गाउँकै विद्यालयबाट सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका उनले यहाँ आएपछि अध्ययनसँगै सांगीतिक यात्रालाई पनि निरन्तरता दिदै गए । बिहानको कलेज, दिउँसोे कामको चापका बीच पनि उनले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइ रहे ।

मेहनताको फल मिठो हुन्छ भनेजस्तो २ वर्ष अघि देखि औपचारिक सांगीतिक यात्रा थालेका खतिवडाले यो अवधीमा १९ वटा म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाए । उनले लोकदोहोरी, आधुनिक, पप लगायतका सबै विद्याका गीतमा अभिनय गरेका छन् । जुन म्यूजिक भिडियोलाई लाखौ दर्शकले रुचाएका छन् । अब्बल नृत्यकै कारण छोटो समयमै चर्चा कमाउन सफल उनी नृत्यका प्रशिक्षक पनि हुन ।

अध्ययन, कामसँगै उनी नृत्य प्रशिक्षण केन्द्रमा नृत्य पनि सिकाउछन् भने स्टेज कार्यक्रमहरुमा पनि उनले पर्फमेन्स दिइरहेका छन् । अभिनय क्षेत्रमै आफ्नो भविष्य देखेका उनले आफ्नो अभिनय यात्रालाई थप उचाइमा पुर्याउन खतिवडा थप मेहनत गरिरहेको बताउछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७