अशोक लेलैण्ड र माछापुच्छ्रे बैंकबिच सम्झौता


२३ आश्विन २०७७, शुक्रबार
ime group and machhapurchhe

काठमाडौं, २३ असोज । आइ एमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र माछापुच्छ्रे बैंक बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले माछापुच्छ«े बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदान सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यसै अनुरुप बैंकको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रि वितरण गरिएका डट मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिशतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त हुनेछ । यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्ष सम्मको लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ ।

यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आइएमर्इ मोटर्सद्वारा बिक्रि वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियम भित्र रही कर्जा प्रवाह गर्ने भएको छ । अब आइएमईमोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछा पुच्छ्रेको जुनसुकै शाखामार्फत सहुलियत पूर्ण कर्जा प्राप्तगर्न सक्नेछन् ।

यो सुविधाले आगामीदिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनी बिच संयुक्त रुममा ब्राण्ड अवार्नेसका लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

एलसिभि सेगमेन्ट अन्तर्गत डट मोडेल ( पिक अप, कन्टेनर, रिफ्रिजेजेरेशन भान)का सवारी साधनहरु विभिन्न एप्लिकेशन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथामहिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटा ेमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७