कर्णाली प्रदेश नेकपा : प्रमुख सचेतक शाहलाई हटाउँदै सीता नेपालीलाई गरियो नियुक्त


२६ आश्विन २०७७, सोमबार
sitanepali

सुर्खेत, २६ असोज । नेकपाको कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएका छन । कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका हुन । शाहलाई हटाउँदै उनले प्रमुख सचेतक सीता नेपालीलाई नियुक्त गरिएको छ ।

माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद नेपाली दोस्रो संविधानसभा निर्वाचनमा सुर्खेतबाट सांसद भएर प्रतिनिधिसभामा संसदीय दलको सचेतक समेत बनेकी थिइन् ।

दलका नेताको हैसियतले मुख्यमन्त्री शाहीले आइतबार संसदीय दलको विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरेको जनाएका छन् । ‘कामकारबाही सन्तोषजनक नभएकाले’ जिम्मेवारीमुक्त गरिएको शाहलाई दिइएको पत्रमा उल्लेख छ । संसदीय दलका नेता शाहीले आइतबारकै मिति राखेर शाहलाई प्रमुख सचेतकबाट हटाएको पत्र पठाएका छन् ।

आइतबार मुख्यमन्त्री शाहीविरूद्ध पूर्वमाओवादीका ३ जनासहित १८ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव तत्कालीन संसदीय दलका प्रमुख सचेतक शाहलाई बुझाइएकोमा उनले आइतबार नै दर्ता गराएका थिए । अब यो प्रकरणले उक्त बैठक अन्योलमा परेको छ ।

नवनियुक्त प्रमुख सचेतक नेपालीले नयाँ जिम्मेवारी आएसँगै सबै पक्षसँग छलफल गरी बैठक आह्वान गर्ने प्रतिक्रिया दिइन । यस्तैं जिम्मेवारीबाट मुक्त भएका शाहले बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा दलका नेताको हैसियतमा शाहीले कुनै पनि निर्णय लिन नसक्ने बताए । शाह यामलाल कँडेल (पूर्वएमाले) निकट र नेपाली मुख्यमन्त्री शाही (पूर्वमाओवादी) निकट हुन ।

याे पनि पढ्नुहाेस

प्रचण्डले ओलीलाई भने,‘कर्णालीको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिनुहोस्’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७