नेपाली टोलीद्वारा ७ हजार १२९ मिटर अग्लो बरुन्त्से हिमालको सफल आरोहण


३० आश्विन २०७७, शुक्रबार
Baruntse WRUhHP74Ym

काठमाडौं, ३० असोज । नेपाली टोलीले ७ हजार १२९ मिटर अग्लो बरुन्त्से हिमालको सफल आरोहण गरेको छ ।

पर्यटन विभागका अनुसार आरोहणको जारी सिजनमा दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले हिजो बरुन्त्से हिमाल आरोहण गरेका हुन् । सो हिमाल आरोहण गर्न ३६ वर्षीय शेर्पा नेतृत्वको टोली गत भदौ २१ गते प्रस्थान गरेको थियो ।

आरोहणको व्यवस्थापन एसियन ट्रेकिङ प्रालिले गरेको हो । जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो । यस वर्षको आरोहण सिजनमा पहिलो सफल आरोहण बहराइनका राजकुमार मोहमद हमद मोहमद अल खलिफासहितको टोलीले गरेको थियो ।

बहराइनको टोलीले १७ असोजमा लोबुचे हिमाल आरोहण गरेको थियो । सोही टोलीले २९ असोजमा मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७