काठमाडौं उपत्यकामा थपिए दुई हजार ४०२ जना संक्रमित


३० आश्विन २०७७, शुक्रबार

काठमाडौं, ३० असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४०२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ कोरोना संक्रमित थपिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा थपिएका चार हजार ३९२ संक्रमितमध्ये काठमाडौं उपत्यकाका दुई हजार ४०२ जना हुन् ।

पछिल्लो २४ घण्टामा १६ हजार पाँच सय ३१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय २२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ ।

अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय आठ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७