चार लाख घुससहित प्रहरी हवल्दार दम्पती पक्राउ


३० आश्विन २०७७, शुक्रबार
b4b4cbd2496a5613f3ac85bdb3975cf5 w1000 h500 cp

बुटवल, ३० असोज । चार लाख घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमतीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाई दिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार शिवचन्द्र सहानी र उनकी श्रीमती निर्मला केवट शुक्रबार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा गरेको स्टिङ अपेरेसन गरेको थियो ।

सोही क्रममा रुपन्देहीको सियारी गाउँपालिका–७ स्थित खनाल मिठाइ पसल नजिकबाट हवल्दार दम्पती रंगेहात पक्राउ परेका अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भुसालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७