नेता खनाल घर फिर्ता


३० आश्विन २०७७, शुक्रबार
jhalanatha khanal

काठमाडौं, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल निको भई आज घर फर्किएका छन् ।

उच्च रक्तचाप बढेपछि धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत रहेका पूर्व प्रधानमन्त्री खनाल आज घर फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

खनाललाई उच्च रक्तचापसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७