सरकार कोरोना नियन्त्रणमा चुक्नुमा कांग्रेसको १० निष्कर्ष, दियो यस्ता आठ सुझाव


३० आश्विन २०७७, शुक्रबार
Nepali Congress Party Office

काठमाडौं, ३० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले कोरोना महामारी नियन्त्रणमा सरकार गैरजिम्मेवार तथा असफल बनेको निष्कर्ष निकालेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार कहाँ कहाँ चुक्यो भनी १०–बुँदे फेहरिस्त सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरेको समितिको सो प्रतिवेदनमा कांग्रेसले अब सरकारले तत्काल गर्नुपर्ने कामहरुको ८–बुँदे सूची समेत दिएको छ ।

सरकारको गैरजिम्मेवारपूर्ण गतिबिधिकै कारण नेपालमा कोभिड—१९ महामारी चिन्ताजनक स्थितितर्फ उन्मुख भएको प्रमुख प्रतिपक्षी दलको ठहर छ ।

‘कोभिड-१९ संक्रमण संख्या हरेक दिन बढ्दै गइरहेको छ । झण्डै ७०० जनाको दुःखद निधन भइसकेको छ । गत २४ घण्टाको तथ्याङ्क हेर्दा प्रति घण्टा १५६ जना संक्रमित भइरहेका छन् भने प्रति डेढ घण्टामा एक जनाको जीवन अन्त्य भइरहेको दुःखद स्थिति छ । यथेष्ट परिक्षणको व्यवस्था हुने हो भने यो संख्या धेरै बढ्न सक्ने देखिन्छ,’ सो प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसले सो पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा कोभिड–१९ अनुगमन समिति गठन गरेको हो ।
समितिले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको
प्रतिवेदनका निष्कर्ष र सुझावहरु

Congress report 1
Congress report 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७