२०७७ कार्तिक १ गते शनिबारको तपाईको राशिफल


१ कार्तिक २०७७, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक चिन्ता बढे पनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउने छ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सानातिना बाधा आइलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइने छ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्ने छ । मनमा उमङ्ग र उत्साह छाउने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । भक्ति पनि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्ने छ । बोलीको प्रभाब बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रपतिको योग छ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज परिवारजनको साथले नयाँ आशा जगाउने छ । शुभ समाचार सुन्न पाइएला । आश मारेको काम बन्ने छ । अरुको मन जित्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अपजस मिल्न सक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोवारमा मन्दी आउने छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७