माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा स्थगित


१ कार्तिक २०७७, शनिबार
Machhapuchhre bank

काठमाडौं, १ कार्तिक । माछापुच्छ्रे बैंकले कात्तिक ६ गतेका लागि तय गरेको २२ औं वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ।

बैंक संचालक समितिको असोज ३० मा बसेको बैठकले कोरोना महामारी र चाडपर्वको व्यस्ततालाई ध्यानमा राख्दै हाललाई स्थगित गर्ने निर्णय गरिएको बैंकले जानकारी दिएको छ।

साथै, बाईसौं वार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी हाललाई २४ करोड १० लाख ८० हजार ६६० रुपैयाँ ९अर्थात चुक्तापूँजीको २.८५ प्रतिशतका दरले० अन्तरिम नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय बैंकले गरेको छ ।

बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७६-७७ को मुनाफाबाट २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ (अर्थात चुक्ता पूँजीको ३.३७ प्रतिशतका दरले० नगद लाभांश ९बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) र ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ (अर्थात चुक्तापूँजीको ७.०३ प्रतिशत) बराबरको बोनस सेयर वार्षिक साधारण सभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७