मन्त्री गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी


३ कार्तिक २०७७, सोमबार
parbat gurung scaled

काठमाडौं, ३ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।

गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् ।

प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । उनी पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रवक्ता बने ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्ता समेत तोकिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७