गृहमन्त्रीको भाषण सुनेर प्रहरीहरु हाँसिरहे…


५ कार्तिक २०७७, बुधबार
ram bahadur Thapa badal

काठमाडौं, ५ कार्तिक । नेपाल प्रहरीको ६५ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिशेष अतिथी थिए । प्रधानमन्त्री ओलीले कसैको दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए ।

गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीको मनोबल बढाउने गरी भाषण गरे । तर, उनको भाषण सुनेर प्रहरी अधिकारी भने हाँसिरहेका थिए । ‘प्रहरीको सुविधा बढाउन सरकार लागिपरेको छ’, गृहमन्त्री बादलले यस्तो भाषण प्रहरीले खुशी होइन पीडा दियो ।

किनकी, कोरोना संक्रमण नियन्त्रणमा खटिएका प्रहरीले सात महिना हुँदा पनि कुनै सुविधा पाएका छैनन् । जबकी सरकारले नै उनीहरुलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर, उपलब्ध गराउन समेत कुनै पहल गरेका छैनन् । दशैंको मुखमा प्रहरीहरु न त भत्ता, न त बिदा पाउने अवस्थामा छन् ।

प्रहरीको राशनभत्ता नबढेको पाँच वर्ष भइसकेको छ । अपराध अनुसन्धानमा खटिने प्रहरीलाई समेत प्रोत्साहन भत्ता दिइने भने पनि कार्यान्वायन हुन सकेको छैन । प्रहरीका सयौं कार्यालयहरु अझै टहरामा छन् ।

खरिदमा हुने चलखेलले यूनिफर्म समेत आफैं किनेर लगाउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा गृहमन्त्रीले झुटो आश्वासन दिएपछि प्रहरी अधिकारीहरु आश्चर्य व्यक्त गरेका हुन् । ‘हाम्रा गृहमन्त्री त मूर्तिजस्ता रहेछन्’, एक प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीका कुनै समस्यामा पनि गम्भीरता छैन ।’

गृहमन्त्री बादलको असक्षमताका कारण प्रहरी संगठन कमजोर बन्दै गएको प्रहरी अधिकारीहरु बताउँछन् । कहिले डिआईजीको दरबन्दी काट्ने, कहिले थप्नेजस्ता निर्णय गर्नुले पनि गृहमन्त्रीको कार्यशैली प्रष्ट हुन्छ ।

प्रहरीका कतिपय प्रस्ताव मन्त्रीपरिषद्मा महिनौं रोकिदा पनि त्यसलाई पारित गराउन उनको कुनै पहल हुने गरेको छैन । जसको असर सुरक्षा संगठनमा परेको छ ।

मन्त्री कमजोर हुँदा गृहमन्त्रीमा सचिव र सहयोगीहरुको हालीमुहाली बढेको छ । तिनीहरुले आफ्नो स्वार्थअनुसार संगठन चलाउन खोज्दा मन्त्री पंगु, संगठन निकम्मा बन्दै गएको छ । दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७