डिभिजन टू : नेपाल ओमानविरुद्ध ब्याटिङ गर्दे


२६ माघ २०७४, शुक्रबार
nepalvsoman

काठमाडौं, २६ माघ  :  आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत दोस्रो खेलमा नेपालले ओमान विरुद्ध पहिले ब्याटिङ गर्देछ । ओमानले टसर जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। विन्डहोकस्थित अफिज पार्कमा खेल हुँदैछ ।

nepalvsoman

नेपालले पहिलो खेलमा नामिबियालाई हराएको थियो भने ओमान क्याडनासँग पराजित भएको थियो। नेपाली टोलीमा कुनै परिवर्तन छैन। नामिबिया विरुद्ध खेलेको टोलीलाई आज पनि निरन्तरता दिइएको छ।

नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्वन्दी रहदै आएका छन । २००७ मा भएको एसीसी ट्रफिमा नेपालले ओमानलाई २ रनले हराएको थियो । तर त्यसको बदला ओमानले २००९ को एसीसी ट्रफिमा लिएका थियो । सो बेला नेपाल ओमानसँग १२ रनले हारेको थियो ।

२०११ को एसीसी ट्रफिमा पनि नेपाल ओमानसँग २ रनले हारेको थियो । २०१३ मा बर्मुडामा भएको आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दा समूह चरणमा ओमानलाई हराएको थियो ।

यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो । यो प्रतियोगिता अगाडी ओमानले अमेरीकासँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

बिहीबार भएको पहिलो खेलमा क्यानडा, युएइ र नेपाल विजयी भएका थिए। समान एक-एक खेल जितेका यी तीन देशको २र२ अंक छ। तर रनरेटको आधारमा क्यानडा शीर्ष स्थानमा छ, दोस्रोमा युएई तथा तेस्रोमा नेपाल छ।

नेपाल, नामिविया, केन्या, ओमान, युएई र क्यानडासहित ६ देश सहभागी डिभिजन टूको शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन्।

विश्वकप छनोटको यात्रा तय गर्नका लागि हरेक खेल जित्नुपर्ने र तालिकाको शीर्ष दुईमा रहनुपर्ने हुन्छ। त्यसका लागि हरेक देशको प्रयास हुनेछ। यस्तोमा हरेक देश हरेक खेल जित्नका लागि खेल्नेछन्।

नेपाल टिम :   पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, सोमपाल कामी, अनिल कुमार शाह, रोहित कुमार पौडेल, करण केसी, मोहममद आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दीलिप नाथ, ललित भण्डारी

ओमान  टिम : सुल्तान अहेमद (कप्तान), आकिव लाएस सुलेह्री, अहमद फयाज बट, अजय भ्रजलाल लालचेटा, स्वप्निल सुनिल खाड्ये, बिलाल खान, खावर अली, मुहम्मेद नादिम, मुहम्मद नासिम, जिसन मक्सुद, जय विराम ओडेड्रा, जतिन्दर सिंह, वैभव श्रीधर वाटेगाओनकर, कलिमुल्लाह कलिमुल्लाहNepal vs oman

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७