सानुकुमार श्रेष्ठ प्रदेश–३ को सभामुख बन्ने


२६ माघ २०७४, शुक्रबार
sanu kumar shrestha 1

काठमाडौं, २६ माघ : प्रदेश ३ को सभामुख सानुकुमार श्रेष्ठलाई  बन्ने पक्का भएकाे छ ।   काठमाडौं जिल्ला विकास समितिका पूर्व सभापतिसमेत रहेका  काठमाडौं क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका श्रेष्ठलाई नेकपा (एमाले)ले प्रदेश ३ काे सभामुखकाे उम्मेदवार बनाउने  निर्णय गरेको हो ।sanu kumar shrestha 1

एमाले एकल बहुमत रहेकाे प्रदेश नं. ३ मा श्रेष्ठ सभामुख बन्ने  पक्का भएकाे छ ।  यसअघि उपसभामुखमा माओवादीले राधिका तामाङलाई छानिसकेको छ।   वाम गठबन्धनको भागबन्डाअनुसार प्रदेश ३ को मुख्यमन्त्री र सभामुख एमालेलाई र उपसभामुख माओवादीलाई परेको छ।

एमाले पोलिट ब्यूरो सदस्य समेत रहेका श्रेष्ठले मन्त्री बन्न नचाहेपछि उनलाई सभामुख बनाउन लागिएको हो। प्रदेश ३ मा उपसभामुख भने माओवादी केन्द्रले पाएको छ। १ सय १० सदस्यीय प्रदेश ३ मा एमालेको एकल बहुमत छ। उसका ५८ सदस्य छन्।

एमाले संसदीय दलको नेता डोरमणि पौडेल चयन भइसकेका छन्।

याे पनि पढ्नुहाेस्

संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य पराजित

डोरमणि पौडेल : मेयरदेखि मुख्यमन्त्रीसम्मको यात्रा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७