निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या


२३ आश्विन २०७४, सोमबार

काठमाडौं : देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरिएको छ । काठमाडौंको मध्य सडक नयाँ बानेश्वरको खरीबोट प्रयाग चोकमा गोली हानेर गौचनको हत्या गरिएको हो । Sarad Gauchan 2

गौचन डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका गौचनलाई गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएको थियो । तर, गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिए । उनले भने, ‘एउटा गोली मुटुमा लागेको छ। एउटा कलेजोमा र अर्को मुटु कलेजकोबीचमा लागेको छ । अस्पताल ल्याइपुर्‍याउँदै उनको मृत्यु भइसकेको थियो। सार्पसुटरले प्रहार गरेको जस्तो देखिन्छ।’

गौचनको बाँया कोख,छाती र टाउकोमा गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ। घटना लगत्तै प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान सुरू गरेको छ ।

गौचन एशिया तथा पश्चिम प्यासिफिक एशोसियनको ४३ औ सम्मेलनबाट उपाध्यक्षमा चार महिना अघि निर्वाचित भएका थिए । पत्यक्षदर्शीका अनुसार बानेश्वरको प्रयाग मार्गमा गाडीमा सवार भएर गौचन आउँदै थिए । मास्क लगाएर बसेका अग्लो कद भएका एक आक्रमणकारीले उनी सवार गाडीमा ईट्टा प्रहार गरेका थिए । लगत्तै अर्का आक्रमणकारीले गौचनमाथि दुईवटा गोली प्रहार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७