जनावरमा कोरोना भाइरसको भेटियो ‘म्युटेसन’, निर्माणाधीन खोपहरु निष्प्रभावी बन्ने खतरा

डेनमार्कमा लकडाउन, १.७ करोड मिङ्क मारिँदै


२१ कार्तिक २०७७, शुक्रबार
115239166 49e9f639 d915 4228 9885

काठमाडौं, २१ कार्तिक । मिङ्क नामक जनावरमा कोरोना भाइरसको म्युटेसन भएको स्ट्रेन पाइएको छ । उक्त जनावरबाट सो भाइरस मान्छेमा पनि सर्न सक्ने पाइएको हो । यस जनवारको रौंको ठूलो उत्पादक डेनमार्कले देशमा रहेका सबै मिङ्कलाई मार्ने जनाउँदै नयाँ म्युटेसनलाई फैलन नदिन केही भागमा लकडाउन समेत गर्ने जनाएको छ ।

डेनिस सरकारले यो म्युटेसनले निर्माण प्रक्रियामा रहेका कोरोना भाइरसविरुद्धको सम्भावित खोपलाई निष्प्रभावी बनाउन सक्ने चेतावनी समेत दिएको छ । उत्तरी जुटल्याण्डका सात नगरपालिकामा शुक्रबारबाट लागू हुने लकडाउन ३ डिसेम्बरसम्म जारी रहनेछ । देशमा रहेका करिब १.७ करोड मिङ्क मार्ने घोषणा गरेसँगै लकडाउनको घोषणा गरिएको हो ।

बिहीबार विश्व स्वास्थ्य संगठनले मिङ्क ‘कोरोनाभाइरसको राम्रो रिजरभोयर’ भएको पाइएको बताउँदै आर्थिक क्षतिका बावजुद डेनमार्कले चाल्न लागेको कदमको प्रशंसा गरेको छ । डेनमार्क मिङ्कको रौँको सबैभन्दा ठूला उत्पादक हो । त्यहाँबाट चीन र हङकङमा उत्पादनहरु निर्यात हुने गर्छ ।

201105112017 01 denmark mink cull exlarge 169 qkYyJ9KkEF

प्रधानमन्त्री मेट फ्रेडरिक्सनले स्वास्थ्य अधिकारीहरुको सल्लाहअनुसार मुटुमाथि ढुङ्गा राखेर मिङ्कलाई मार्ने निर्णय गर्न लागिएको बताए । ‘हाम्रो जनतातर्फ ठूलो जिम्मेवारी रहेको छ तर म्युटेसन फेला परेपछि विश्वका लागि हाम्रो झन् ठूलो जिम्मेवारी रहेको छ,’ उनले भने ।

युरोपमा महामारी सुरु भएयता नेदरल्याण्ड र स्पेनका मिङ्कका फार्महरुमा कोरोना भाइरस भेटिएको छ । यिनीहरुमध्ये डेनमार्कमा यो तीव्र गतिमा फैलिरहेको छ । हालसम्म जुटल्याण्डका २०७ फार्म यसबाट प्रभावित भएको छ । यसमध्ये भाइरसको नयाँ स्ट्रेनका पाँच केसहरु भेटिएका छन् । अधिकारीहरुका अनुसार हालसम्म १२ जना म्युटेसन भएका नयाँ स्ट्रेनबाट संक्रमित भएका छन् ।

उनीहरुको शरीरमा एन्टिबडीको प्रभाव कम भएको पाइएको कोपनहेगनमा रहेको स्टाटेन्स सेरम इन्सिटिट्युटले जनाएको छ । यसले हाल बन्न लागेका खोपको प्रभावकारितालाई नै प्रभावित गर्न सक्ने खतरा रहेको औंल्याएका छन् ।

स्वास्थ्यमन्त्री म्यागनस हिउनिकले भने उत्तरी डेनमार्कमा फेला परेका ७८३ जना संक्रमितमध्ये आधा मिङ्क फार्मसँग सम्बन्धित भाइरसको स्ट्रेनससँग जोडिएको बताएका छन् । बीबीसी–सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७