बिहार विधान सभाको निर्वाचनको मत गणना आजबाट : नितिश कुमार र मोदीलाई ठूलो धक्काको आंकलन


२५ कार्तिक २०७७, मंगलवार
115332804 ipl2020

काठमाडौं, २५ कार्तिक । भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनको मतगणना आजबाट हुने भएको छ ।

यसको नतिजा आज रातिसम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिधानसभा चुनावमा नीतीश कुमार नेतृत्वलाई चुनौती दिन विपक्षी महागठबन्धन पार्टी चुनावी मैदानमा रहेकोमा यी दुई पार्टीबीच कडा टक्कर हुने बिश्लेषण गरिएको छ ।

बिहारमा निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका छन् । यदि प्रक्षेपण मेल खाएका बिहारमा तीन कार्यकालदेखि सत्ताको बागडोर सम्हालि रहेका वर्तमान मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी गठबन्धनले ठूलो धक्का ब्यहोर्नुपर्ने छ ।

शनिबार तेस्रो चरणको विधान सभा निर्वाचन सम्पन्न भएको थियो । बिहार बिधानसभामा कुल २४३ सीट रहेकोमा सरकार गठनका लागि १२२ सीट ल्याउनु पर्ने प्रावधन छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७