राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण


२६ कार्तिक २०७७, बुधबार
chitra bahadur kc

काठमाडौं, २६ कार्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण भएको छ ।

अध्यक्ष केसीको पीसीआर रिपोर्ट पोजिटिभ आएको उनकी छोरी रितु केसीले आज जानकारी गराएकी हुन् । अध्यक्ष केसी केही दिनदेखि अस्वस्थ थिए ।

झण्डै एक महिनादेखि बुटवलमा रहेका केसीमा रुघा, खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । रिपोर्ट नेगेटि आए पनि स्वास्थ्यमा सुधार नभएपछि उनी मंगलबार काठमाडौँ आएका थिए ।

मंगलबार नै उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७