साक्षी बस्न मात्र पदमा बस्न उपयुक्त नलागेको भन्दै डा. पोखरेलले दिए राजीनामा


२८ कार्तिक २०७७, शुक्रबार
dr

काठमाडौं, २८ कार्तिक । गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा. जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा. पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्तबोध गरेकाले राजीनामा दिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

डा. पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुन जस्ता घटनाले साक्षी मात्र बस्न पदमा रहन उपयुक्त नदेखेको स्पष्ट गरेका छन् । डा. पोखरेलले विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिए पनि आफ्नो प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७