भाइटीकामा प्रधानमन्त्रीको शुभकामना : समृद्धि र सुखका लागि एकता


१ मंसिर २०७७, सोमबार
pM KP SHARMA Oli

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको शुभकामना दिँदै राष्ट्रिय समृद्धि र सुखका लागि सबै नेपालीलाई एकजुट हुन आह्वान गरेका छन् ।

आज (मंसिर १ गते) भाइटीकाका दिन शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले एकताबाट नै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने उल्लेख गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै प्रधानमन्त्री ओलीले तिहारले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाइरहेको बताएका छन् ।

‘तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रही आएको छ,’ शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यस वर्षको तिहार पर्व मनाउन आह्वान गर्दछु ।’

pmshuuu

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७