अमेरिकाका नागरिकलाई केहि दिनभित्रै कोरोनाको खोप

स्वीकृति पाएको २४ घण्टामै खोप लगाउन थालिने


८ मंसिर २०७७, सोमबार
pfizar 1200x560 1

काठमाडौं, ८ मंसिर । अमेरिकामा अब केही दिनभित्रै सर्वसाधारणका लागि कोरोना भाइरसको भ्याक्सिन उपलब्ध हुने भएको छ ।

कोरोना भाइरसका अमेरिकी कार्यक्रमका प्रमुखले डिसेम्बर ११ देखि कोभिड–१९ को भ्याक्सिन पाइने सम्भावना व्यक्त गरेका छन् । डाक्टर मोनसेफ सलोईले अमेरिकी नेटवर्क सीएनएनसँगको कुराकानीमा भ्याक्सिनले स्विकृति पाएको २४ घण्टाभित्र यसलाई खोप केन्द्रसम्म पुर्‍याउने योजना गरिएको जानकारी दिएका छन् ।

यो बयान अमेरिकामा कोरोना भाइरस संक्रमणमा उच्च वृद्धि भइरहेका बीच आएको हो । जोन होपकिन्स युनिभर्सिटीको आँकडा अनुसार अमेरिकामा एक करोड २० लाख कोरोना संक्रमित छन् र २ लाख ५५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यहाँ मृत्युको आँकडा संसारको सबैभन्दा बढी छ ।

औषधि कम्पनी फाइजर र यसको सहयोगी बायोएनटेकले शुक्रबार कोभिड–१९ को आफ्नो भ्याक्सिनको अमेरिकामा आपतकालीन स्विकृतिका लागि एक निवेदन दिएको छ । कम्पनीको दाबी अनुसार यसको एक एडभान्स ट्रायलमा यो भ्याक्सिन ६५ वर्षमाथिका ९४ प्रतिशत वृद्ध–वृद्धाको रक्षा गर्दछ ।

फाइजरलाई आशा छ कि सन् २०२० मा उसले ५ करोड डोज र सन् २०२१ मा १.३ अर्ब डोज उत्पादन गर्नेछ । प्रत्येक व्यक्तिले यसको दुई डोज लिनुपर्नेछ ।

भ्याक्सिन अधिकृत गर्नका लागि खाद्य एवं औषधि प्रशासन (एफडीए) को भ्याक्सिन सल्लाहकार समितिले १० डिसेम्बरमा बैठकको आयोजना गर्दैछ । डाक्टर सलोईले सीएनएनसँगको कुराकानीमा भ्याक्सिन स्विकार गरेको भोलिपल्छ नै अर्थात् डिसेम्बर ११ वा १२ मा मानिसहरुलाई दिन शुरु गरिने जानकारी दिए ।

उनले भ्याक्सिन प्रत्येक राज्यको जनसंख्याको आधारमा वितरण गरिने पनि जानकारी दिए । राज्यले नै भ्याक्सिन सबैभन्दा पहिले कसलाई दिइने भनेर निश्चित गर्नेछ । फ्रन्ट लाइन वर्कर्स र ज्येष्ठ नागरिकलाई भ्याक्सिन सबैभन्दा पहिले दिइने अनुमान गरिएको छ । डाक्टर सलाईले अर्को वर्षको मे महिनासम्म ७० प्रतिशत मानिसहरुलाई यो भ्याक्सिन प्रदान गरिने जसमार्फत हर्ड इम्युनिटी हासिल गर्न सकिने जानकारी दिए ।

अमेरिकी अधिकारीले यसअघि रिजेनेरोनमा विकसित गरिएको एन्टीबडीलाई आपतकालीन स्विकृति दिएका थिए जुन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पनि दिइएको थियो । यसैबीच आइतबार जी २० का नेताहरुले आफूहरु संसारभरी कोरोना भाइरस भ्याक्सिनको उचित वितरण सुनिश्चित गर्नका लागि कुनै कमी नगर्ने कुरामा विश्वास दिलाए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७