घाँटीमा ढुङ्गा अड्किएर बालकको मृत्यु


१० मंसिर २०७७, बुधबार
death photo1

कञ्चनपुर, १० मंसिर । कञ्चनपुरमा एक १६ महिने बालकको घाँटीमा ढुङ्गा अड्किएर ज्यान गएको छ ।

बेदकोटनगरपालिका–९ सुन्दरपुरमा १६ महिने साकार भट्टको घाँटीमा ढुङ्गा अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किको थियो । महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो ।

उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७