नेपाल एसबिआई बैंकद्वारा विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरण सहयाेग


११ मंसिर २०७७, बिहीबार
nepal sbi bank

काठमाडौं, ११ मंसिर । नेपाल एसबिआई बैंकले झापाको अनारमनी, विर्तामोड स्थित श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रलाई सहयोग गरेको हो ।

वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धाहरुलाई आश्रय दिएको छ ।

उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे द्वारा सो संस्थाका अध्यक्ष श्री विक्रम मादेन ( गुरुङ) लाई उक्त सामानहरु ह्स्तान्तरण गरेको थियो ।

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत श्री छपि राज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक श्री मनोज चापागाई तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिती थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७