पार्टी एकताको गाँठो फुक्यो, ओली र प्रचण्ड सहअध्यक्ष


२९ माघ २०७४, सोमबार
Prachanda kp Oli
फाइल फोटो

काठमाडौं: असोज १७ गते वाम गठबन्धन गरेर चुनावमा जाने सहमति भएसँगै पार्टी एकता गर्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएदेखि पार्टी एकता चर्चाको विषयमा रहेको थियो । अन्तत मुलुकका २ ठुला कम्युनिस्ट पार्टीबिच एकता हुने भएको छ ।

Prachanda and KP sharma oli
फाइल तस्बिर

एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनाको लागि सहमति भएको घरमै पार्टी एकता गर्ने एमाले अध्यक्ष अाली र माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति पनि भएको छ । सोमबार ललितपुरको मानभवनस्थित दिउँसो एक घरमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका हुन् ।

दुई पार्टीबीच एकता गर्ने सैद्धान्तिक सहमति ३ महिनाअघि नै भए पनि पछिल्लो एक महिनादेखि एकताको विषयमा प्रगति हुन सकेको थिएन । सबैभन्दा ठूलो अड्को नेतृत्वको विषयमा देखिएको थियो ।

माओवादी केन्द्रले दुई कार्यकारी पद प्रधानमन्त्री र पार्टीअध्यक्षमध्ये एक आफूले पाउनु पर्ने अडान लिँदै आएको थियो । अर्कोतिर एमालेले कम्तिमा महाधिवेशनसम्म केपी शर्मा ओली र प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनुपर्ने सुझाएको थियो । पछिल्ला केही हप्तादेखि महाधिवेशसम्म एमालेले केपी ओली अध्यक्ष र प्रचण्ड सहअध्यक्ष रहने प्रस्ताव गर्दै आएको थियो । दुबै पार्टी एक कदम पछि हटेर नेतृत्वको विषयमा सहमति जुटाएका छन् । अब महाधिवेशनसम्म केपी ओली र प्रचण्ड सहअध्यक्ष रहनेछन् ।

पार्टी एकीकरणको नेतृत्व र मोडालिटीबारे भोलि बिहान फेरि २ अध्यक्षबीच एक्ला–एक्लै छलफलमा बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति भएको स्रोतले बताएको छ । साथै पार्टी एकतापछि सरकार गठन गर्ने सहमति भएको स्रोतले बताएको छ । आज भएको छलफलमा दुवै अध्यक्ष जसरी भए पनि सरकार गठनअघि पार्टी एकता गरिसक्नेमा सहमत छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७