उदयपुरमा बम बिष्फोट, सौर्य सिमेन्ट उद्योगमा क्षति


१९ मंसिर २०७७, शुक्रबार
bom

उदयपुर, १९ मंसिर । उदयपुरमा अज्ञात समूहले बम विष्फोट गराएको छ । कटारी नगरपालिका–८ भन्टाबारीस्थित सौर्य सिमेन्टको चुुनढुुंगा खानीमा एकै ठाउँमा चार वटा बम बिष्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

बम बिष्फोटबाट भौतिक क्षति भए पनि मानवीय क्षति छैन । बम बिष्फोटपछि भाग्ने क्रममा केही स्थानीय घाइते भएको उदयपुर प्रहरी प्रमुख एसपी भिमप्रसाद दाहालले जनाएका छन् ।

राति आएका अपरिचित व्यक्तिहरुले हप्काएर आफूहरुलाई बाहिर निकालेर बम बिष्फोट गराएको त्यहाँका श्रमिकले बताएका छन् । त्यहाँ रहेको एउटा मोटरसाइकल र स्काभेटरमा पनि आगजनी गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी दाहालले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७