सिंहदरवार भत्काउन फेरि लबिङ


१ फाल्गुन २०७४, मंगलवार
singhdarbar ktm

काठमाडाैं, १ फागुन । भूकम्पले क्षतिग्रस्त सिंहदरवारको पश्चिमी मोहडा जसरी पनि जोगाउनुपर्ने राय व्यक्त भइरहेको बेला परामर्शदाता कम्पनीहरुले तत्काल भत्काउनुपर्ने पक्षमा फेरि लबिङ थालेको छ । अाजकाे कान्तिपुरमा खबर छ ।singhdarbar ktm

सिंहदरवार प्रबलीकरण परियोजनाअन्तर्गत सिंहदरवारको मुख्य आकर्षण रहेको पश्चिमी मोहडालाई प्रबलीकरण गर्ने वा भत्काएर पुनर्निर्माण गर्ने भन्नेबारे सूक्ष्म अध्ययन गर्न प्रस्ताव पेस गरेका कन्सल्टेन्सीहरुले यस्तो लबिङ तीव्र बनाएका समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २ महिनाअघि परामर्शदाता आह्वान गरेको थियो । जसमा बिभिन्न ६ वटा कन्सल्टिङ कम्पनीले आफ्नो प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गरिसकेका छन् ।

प्रस्ताव हाल्नेमध्ये डिजिकम इन्जिनियरिङ कन्सल्टसहितका केही कम्पनी सिंहदरवार संरचना भत्काउनुपर्ने पक्षमा यसअघि नै खुलेर बहसमा आइसकेका छन् । यही कम्पनीले सिंहदरवारबारे यसअघि दिएको मूल्यांकनको प्राविधिक निचोडमा ‘ग्रेड ४’ ९भत्काउनैपर्ने० सुझाव दिएको थियो ।

डिजिकमको यो सुझाव विवादास्पद बनेपछि फेरि विस्तृत र भिन्न तहमा अध्ययन जरुरी रहेको भन्दै अर्को चरणमा अध्ययन प्रस्तावक आह्वान गरिएको कान्तिपुरले समाचार लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७