वृद्धाआश्रम पुनः संरचनाका लागि सिद्धार्थ बैंकद्वारा आर्थिक सहयोग


२६ मंसिर २०७७, शुक्रबार
sidartha bank

काठमाडौं, २६ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले मंसिर २६ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटार स्थित श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत उक्त रकम सहयोग गरेको हो । कृष्ण प्रणामी सेवा समिति नेपालले २०७२ सालमा गएको विनाशकारी भुकम्पको कारणले क्षति पुगेको र जोखिममा रहेको श्री कृष्ण प्रणामी भवनको पुन संरचना कार्य गर्नका लागि उपयोग गर्नेछ ।

भवनमा समितिद्वारा वृद्धाआश्रम सञ्चालन गर्दै आएको र निर्माणपश्चात सो भवन समितिले असहाय वृद्धवृद्धाहरुको आवासका लागि उपयोग गर्नेछ । समाज कल्याणको कार्य गर्दै आइरहेका उक्त संघलाई बैंकले पु¥याएको सो रकम सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७